
पाँचथर, ७ जेठ । पाँचथरको कुम्मायक गाउँपालिकाको एक घरमा आगलागी हुँदा रु. १९ लाख ४६ हजारको क्षति भएको छ ।
प्रहरीका अनुसार कुम्मायक–४ यासोक बजारका प्रकाश काफ्लेको चार तल्ले घरको चौथो तल्लामा आज विहान आगलागी हुँदा काठ, जस्ता र प्लाईले बनेको चौथो तला जलेर नष्ठ हुँदा उक्त क्षति भएको हो ।
खाना पकाउने ग्यास लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागी स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका छन् ।