प्रदेश–१ मा एकैदिन थपिए १२९८ संक्रमित, साढे १५ हजार सक्रिय



फिदिम । प्रदेश १ मा आज १ हजार २९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।

मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा ६५, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा ७, उदयपुरमा ४, ओखलढुङ्गा र तेह्रथुम १–१ र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४७ हजार ८६८ पुगेको छ । संक्रमित भएका मध्ये ३१ हजार ५७३ संक्रमणमुक्त भएका छन् । आज २२४ जना संक्रमणमुक्त छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ५९० पुगेको छ ।

प्रदेश १ मा आज २ हजार ७५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५४३ महिला र ७५५ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्