पाँचथरमा ६५ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमितको कूल संख्या २२०



फिदिम, ५ जेठ । पाँचथर पछिल्लो २४ घण्टामा ६५ जना कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् ।
जिल्लाका मिक्लाजुङ गाउँपालिकामा मात्रै ३२ जना सङ्क्रमित थपिएका छन् । मिक्लाजुङमा दुई सङ्कलित स्वाबको पीसीआर रिपोर्टअनुसार ३२ जनामा सङ्क्रमण देखिएको छ । फिदिममा २० जनाको एण्टिजेन परीक्षणमा ११ जनामा सङ्क्रमण देखिएको छ भने यस्तै हिलिहाङ गाउँपालिकामा एण्टिजेनबाट २४ जनामा गरिएको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै याङवरक गाँउपालिकामा तीन तथा तुम्बेवा गाउँपालिकामा दुई जना सङ्क्रमित थपिपएका छन् । योसँगै जिल्लामा सङ्क्रमितको संख्या २२० पुगेको छ । जिल्लामा हालसम्म १३ जना निको भएका छन् भने १२ जनाको जिल्लामा उपचार भइरहेको छ । दुई जनालाई जिल्ला बाहिर रेफर गरिएको छ । सङ्क्रमणबाट हालसम्म पाँचथरमा एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्