पछिल्लो २४ घण्टामा ८ हजार १७३ संक्रमित थपिए, २४६ जनाको मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ८ हजार ६४ र एण्टीजेन विधिबाट १ सय ९ गरी कुल ८ हजार १ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सँगै कुल संक्रमितको संख्या ४ लाख ८० हजार ६ सय २७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ७ हजार ९ सय ८९ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ३ लाख ६० हजार ४ सय ३ जना संक्रमितहरु निको भएका छन्। हालसम्म ८ सय ५४ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म १ लाख १४ हजार ३ सय ५८ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ८ सय ५४ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा आरटी पिसिआर विधिबाट २१ हजार १ सय ३९ र एन्टीजेन विधिबाट ७ सय ८ गरी कुल २१ हजार ८ सय ४७ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २८ लाख ३४ हजार ९८ जना पुगेको छ।

गत २४ घण्टामा २ सय ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो। यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो। यो संख्यामा सीसीएमसी, नेपाली सेना र अन्य संस्थाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ।

हिजो १ सय ९६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ५ हजार ६ सय ५७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्