फाल्गुनन्द गाउँपालिकाद्वारा कोभिड अस्पतालदेखि अक्सिजनसमेतको प्रवन्ध



फिदिम, ३ जेठ । फाल्गुनन्द गाउँपालिकाले कोभिड–१९ कोसङ्क्रमण रोकथामदेखि सङ्क्रमितको उपचारात्मक ब्यवस्थाको प्रवन्ध मिलाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाले हालसम्म गरेका प्रयासहरु सार्वजनिक गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत तुम्रोकद्वारा जारी विज्ञप्तिअनुसार कोरोनाको महामारीलाई ध्यान दिँदै फाल्गुनन्द गाउँपालिकाले राँके बजारमा जेठ १ गतेदेखि नागरिक स्वास्थ्य तथा सहायता कक्ष (हेल्थ एण्ड हेल्प डेस्क)को स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

उक्त कक्षले जिल्ला प्रवेश गर्ने सबैको रेकर्ड राख्ने, वाहिरबाट आउनेलाई सम्बन्धित स्थानीय तह र वडासम्म सम्पर्क र समन्वय गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने लगायत कार्य गर्दै आएको छ । राँकेमै गत वर्ष स्थापित १५ बेडको क्वारेन्टिन हालसम्म समेत सञ्चालनमा रहेको छ ।

यस्तै गाउँपालिकाका कोभिड–१९ सङ्क्रमितहरुलाई अक्सिजनको अभाव हुन नदिन गाउँपालिकाले तयारी गरिसकेको जनाएको छ । जसका लागि ४७५ लिटरका १५ थान अक्सिजन सिलिण्डर चालू अवस्थामा राखिनुका साथै एक थान अक्सिजन कन्सनटे«टर समेत चालु अवस्थामा राखिएको प्र.प्र.अ. तुम्रोकले जानकारी दिनुभयो ।

सङ्क्रमितहरुलाई आपतकालीन अवस्थामा अक्सिजनको प्रवन्ध गरी अस्पतालसम्म पुर्‍याउने गाउँपालिकाले अक्सिजनको जोहो गरेको हो । यस्तै झापामा उपचाररत फाल्गुनन्दवासीका लागि १० थान अक्सिजन सिलिण्डर गजेडा राखिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले २०० थान एण्टिजेन किट र १५० थान भीटीएम किट खरिद गरेको छ । कन्ट्र्याक टे«सिङमा परेका र कोभिड–१९ सँग लक्षण मिल्ने विरामीलाई तत्कालै परीक्षणको प्रवन्ध मिलाइएको गाउँपालिकाले जनाएको छ । यस्तै अत्यावाश्यक औषधि र सामग्री तयार अवस्थामा राखिएको छ । जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्र मार्गनिर्देशनअनुसारका कार्य फाल्गुनन्दमा प्रभावकारी रुपमा हुँदै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले राँके बजारमा पाँच बेडको अस्थायी कोभिड–१९ अस्पताल स्थापना गरी सङ्क्रमितहरुलाई सामान्य उपचार गर्ने ब्यवस्था गरेको छ । आफ्नै घरमा होम आइसोलेसनमा रहन नसक्ने सङ्क्रमतिहरुलाई गाउँपालिकाले अस्थायी अस्पतालमा राख्ने ब्यवस्था गरेको छ । गाउँपालिकाले सात वटै स्वास्थ्य चौकीहरुमा उच्च सतर्कता अपनाई सेवा दिँदै आएको छ भने गाउँपालिकाका विभिन्न स्थानमा गम्भीर विरामीलाई गन्तब्यमा पु¥याउन एम्बुलेन्स तयार अवस्थामा राखिएको छ ।

गाउँपालिकाले सबै वडाहरुमा स्थानीय स्वास्थ्य चौकीबाट एण्टिजेन परीक्षणको ब्यवथा गरेको छ । गाउँपालिकाले आज राँके बजारमा २३ जनाको एण्टिजेन परीक्षण गरेको थियो भने भोली फाल्गुनन्द–१ नवमीडाँडामा एण्टिजेन परीक्षण गर्ने तयारी गरेको छ । यस्तै सबै वडाहरुमा सम्बन्धित वडा कार्यालय र प्रहरी चौकीको समन्वयमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङले फाल्गुनन्द गाउँपालिकामा जिल्लाको मुख्य सीमा नाका राँके बजार रहेका कारण आर्थिक भार तथा रकम ब्यवस्थापनका लागि प्रकृयागत तथा नीतिग जोखिम मोलेर पनि आफूहरु समग्र जिल्लावासीको सुरक्षाका लागि प्रयत्नशील रहेको वताउनुभयो ।

यस क्रममा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि लगायतले ठूलो चुनौति मोल्दै आएको वताउँदै अध्यक्ष कुरुम्वाङले फाल्गुनन्दले राम्रा प्रयासहरु गर्दागर्दै पनि अवाञ्छित आलोचना हुने गरेका प्रति दुःख ब्यक्त गर्नुभयो । उहाँले सबै सचेत र सजग भएमात्रै महामारीसँग जुध्न सकिने भएकाले सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्