पछिल्लो २४ घण्टामा ९ हजार २४७ संक्रमित थपिए, २१४ जनाको मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ९ हजार १ सय ९८ र एन्टिजेनबाट ४९ गरी कुल ९ हजार २ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सँगै कुल संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ५ हजार ७ सय ६७ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ३ लाख ४५ हजार ५ सय २३ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने दर ७४.४ प्रतिशत पुगेको छ। हिजो पनि निको हुने दर ७४.६ थियो ।

हालसम्म १ लाख हजार १३ हजार ४ सय ८० जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ७ सय ८ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा आरटी पिसिआर विधिबाट २१ हजार ६ सय ५३ र एन्टीजेन विधिबाट ४ सय ३४ गरी कुल २२ हजार ८७ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २७ लाख ९२ हजार ६ सय ७३ जना पुगेको छ।

गत २४ घण्टामा २ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्या सीसीएमसी र नेपाली सेनाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ। हिजो १ सय ४५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ५ हजार २ सय १५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्