
फिदिम, १ जेठ ।
शनिवार पाँचथरमा थप २७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाँचथरका अनुसार बुधवार लिइएको ५२ जनाको स्वाबको आज आएको पीसीआर रिपोर्टअनुसार २० जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १४ जना पुरुष र ६ जना महिला छन् ।
उनीहरु अधिकांश फिदिमकै हुन् । यसअघि फिदिममा भेटिएका सङ्क्रमतिहरुको कन्ट्र्याक ट्रेसिङ परेका तथा कोभिड–१९ को लक्षण भएकाहरुमा गरिएको परीक्षणमा यत्तिका सङ्क्रमित फेला परेका हुन् ।
यस्तै आज गरिएको एण्टिजेन परीक्षणमा थप सात जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको संख्या १०३ पुगेको छ । यो संख्यामा जिल्लाको दक्षिणी मिक्लाजुङ गाउँपालिकाका सङ्क्रमितको तथ्याङ्क समावेश छैन् ।