पछिल्लो २४ घण्टामा ८ हजार १६७ संक्रमित थपिए, १८७ जनाको मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरी ८ हजार १ सय ६७ कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सँगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आजै ५ हजार ४ सय ५५ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ३ लाख ३३ हजार १ सय ८ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने दर ७४।४ प्रतिशत पुगेको छ। हिजो पनि निको हुने दर ७४.५ थियो ।

हालसम्म १ लाख हजार ९ हजार ७ सय ४० जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ६ सय ७५ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १७ हजार ९ सय ७१ र एन्टीजेन विधिबाट ५ सय ७७ गरी कुल १८ हजार ५ सय ४८ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २७ लाख ५१ हजार ४ सय ८१ जना पुगेको छ।

गत २४ घण्टामा १ सय ८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्या सीसीएमसी र नेपाली सेनाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ। हिजो २ सय ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ४ हजार ८ सय ५६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्