पाँचथरमा एक जना कोरोनाभाइरस सङ्क्रमितको मृत्यु



पाँचथर, ३० वैशाक । पाँचथरमा एक जना कोरोनाभाइरसका सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्लाको फालेलुङ गाउँपालिका वडा नं. २ एकतीन घर भएका ६० वर्षीय पुरुषको आज उपचारका क्रममा फिदिम स्थित कोभिड–१९ अस्थायी अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई गएराती जिल्ला अस्पतालमा रहेका कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

शरीरमा अक्सिजनको मात्रा अत्यन्तै न्यून भएका कारण उनको ज्यान गएको हो । जिल्लामा कोभिड–१९ को सङ्क्रमणबाट भएको यो पहिलो मृत्यु हो ।

जिल्ला अस्पतालका अहेब दीपक खत्रीका उपचार सम्भव नभएपछि उनलाई राती नै चिकित्सकले अनुसार कोभिड–१९ अस्थायी अस्पतालबाट सघन उपचार कक्ष भएको अस्पतालमा रेफर गरेका थिए । झापाको विर्तामोडस्थित सघन उपचार कक्ष रहेका अस्पतालहरुमा बेड मिलाउने प्रयास हुँदाहुँदै सङ्क्रमित वृद्धको मृत्यु भएको खत्रीको भनाई छ ।

मृतकमा गत आइतवार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो । गत वैशाक ११ गते जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूको एक घरमा लगाइएको चौरासीको पूजाका सहभागीहरुबाट मृतकमा सङ्क्रमण भएको कन्ट्रयाक टे«सिङमा पत्ता लागेको थियो । मृतकको शवलाई नेपाली सेनाको फिदिम स्थित रणशेर गणले ब्यवस्थापन गर्न लागेको अस्पतालले जनाएको छ ।

पाँचथरमा हालसम्म नयाँ भेरिअन्टको कोरोनाभाइरसका ६७ जना सङ्क्रमित फेला परेका छन् । जसमध्ये अधिकांश होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्