पाँचथरका थप तीनमा कोरोना सङ्क्रमण पुष्टि



फिदिम, ३० वैशाक । पछिल्लो २४ घण्टामा पाँचथरका थप तीन जनामा नयाँ भेरिअन्टको कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको दैनिक रिपोर्टअनुसार आज फिदिम नगरपालिकाका आठ जनामा गरिएको एण्टिजेन परीक्षणमा तीन जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । उनीहरु फिदिम बजार र आसपासको क्षेत्रका रहेको बुझिएको छ ।

योसँगै जिल्लामा कूल सङ्क्रमितको संख्या ७० पुगेको छ । पछिल्लो २४ घण्टामै याङवरक गाउँपालिकाका पाँच तथा हिलिहाङ गाउँपालिकाका एक जनामा गरिएको परीक्षणमा भने सबैको रिपोर्ट नेगेटिभ अएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथरमा हालसम्म २४८ जनाको एण्टिजेन परीक्षण भएको छ । जिल्लामा हाल ६८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सङ्क्रमितको कूल संख्या भने ७० पुगेको छ । जसमध्ये एक जनाको आज मृत्यु भएको छ भने एक जना निको भइसकेका छन् । सङ्क्रमितमध्ये केही भने उपचारका क्रममा रहेका छन् भने अधिकांश होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्