
फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरी ८ हजार ९ सय ६० कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सँगै कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
आजै ५ हजार ५५ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ३ लाख २१ हजार ५ सय १८ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने दर ७४।६ प्रतिशत पुगेको छ। हिजो पनि निको हुने दर ७४।६ थियो ।
हालसम्म १ लाख हजार ५ हजार २ सय ७ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ४ सय ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १९ हजार ४ सय ७४ र एन्टीजेन विधिबाट ७ सय ७१ गरी कुल २० हजार २ सय ४५ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २७ लाख १२ हजार ५ सय ६२ जना पुगेको छ।
गत २४ घण्टामा २ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्या सीसीएमसी र नेपाली सेनाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ। हिजो १ सय ६८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ४ हजार ४ सय ६६ जना पुगेको छ ।