पछिल्लो २४ घण्टामा ९३०५ संक्रमित थपिए, १६८ जनाको मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पिसीआर ९ हजार २ सय ३८ र एन्टिजेन परीक्षण ६७ गरी कुल ९ हजार ३ सय ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सँगै कुल संक्रमितको संख्या ४ लाख २२ हजार ४ सय १६ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ४ हजार ४ सय ४४ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ३ लाख १६ हजार ४ सय ६२ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने दर ७४।६ प्रतिशत पुगेको छ। हिजो निको हुने दर ७५।५ थियो ।

हालसम्म १ लाख हजार १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ५ सय १७ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा आरटी पिसिआर विधिबाट २० हजार ३ सय ६२ र एन्टीजेन विधिबाट ४ सय २४ गरी कुल २० हजार ७ सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २६ लाख ७२ हजार ७ सय २६ जना पुगेको छ।

गत २४ घण्टामा १ सय ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्या सीसीएमसी र नेपाली सेनाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ। हिजो २ सय २५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ४ हजार २ सय ५२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्