२४ घण्टामा थपिए ९ हजार १९६ कोरोना संक्रमित, ५० जनाको मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पिसीआर विधिबाट परीक्षण गरिएका ९ हजार २३ र एन्टिजेन परीक्षण गरिएका एक सय ७३ गरी कुल ९ हजार १ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

योसँगै कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै २ हजार ९ सय ५ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ।

हालसम्म नेपालमा २ लाख ९५ हजार ३ सय ९५ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने दर ७८।२ प्रतिशत पुगेको छ। हिजो निको हुने दर ७९।४ रहेको थियो । हालसम्म ७८ हजार ६ सय २९ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ३ सय ८० जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १९ हजार ९ सय ८७ जना र एन्टीजेन विधिबाट ४ सय ९५ गरी कुल २० हजार ४ सय ८२ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २५ लाख ९८ हजार ४ सय ५ जना पुगेको छ।

गत २४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ३ हजार ५ सय ७९ जना पुगेको छ। हिजो ५४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्