ताप्लेजुङमा थप ४८ जनामा संक्रमण पुष्टि



ताप्लेजुङ । ताप्लेजुङमा थप ४८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक सदरमुकाम फुङलिङको तोक्मे क्षेत्रका ५८ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाइएकामा ४८ जनामा संक्रमण देखिएको हो ।संक्रमित मध्ये २२ जना पुरुष छन् भने २६ जना महिला रहेकाछन् ।

यो संगै ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या १०६ पुगेको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो । संक्रमित भएका मध्ये ९६ जनामा पिसिआर परिक्षणबाट र अन्य १० जनामा एन्टिजेनबाट संक्रमण पुष्टि भएको थियो । ताप्लेजुङमा संक्रमणकै कारण वैशाख ९ गते यता ३ जनाले ज्यान गुमाएकाछन् ।

संक्रमितको संख्या तिव्ररुपमा वृद्धि हुँदै गए पछि सोमबारदेखि जिल्लाका सिमित क्षेत्रमा निषेधाज्ञा जारी छ । फुङलिङ नगरपालिका क्षेत्रमा एक हप्ता सम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेको हो । (सत्यकुरा डटकमबाट)

प्रतिक्रिया दिनुहोस्