कोरोनाभाइरसले कसलाई चिन्छ ? कसलाई चिन्दैन ?



डा. रवीन्द्र पाण्डे

– कोरोनाले घरबाहिर निस्किनेलाई चिन्दछ ।
– नाकमुनी वा घांटीमुनी मास्क लगाउनेलाई चिन्दछ ।
– अनुहार छोइरहनेलाई चिन्दछ ।
– भीडभाड गर्ने तथा भौतिक दुरी कायम नगर्नेलाई चिन्दछ ।
– हलमा ठूलो बैठक गर्नेलाई चिन्दछ ।
– बारम्बार हात सफा नगर्नेलाई चिन्दछ ।
– कोरोना भाइरसले पास लिएर बाहिर निस्किनेलाई चिन्दैन ।
– अनेक बाहना गरेर प्रहरीलाई झुक्याउनेलाई चिन्दैन ।
– यस्तो बेलामा मर्निंग वाक र इभिनिंग वाक गर्नेलाई चिन्दैन ।
– भोजभतेर, जमघट तथा रमाइलो गर्नेलाई पनि चिन्दैन ।
– कोठे बैठक गर्नेलाई पटक्कै चिन्दैन ।
– चोक, गल्ली, पसल, तरकारी बजार तथा बाटोमा हिंड्नेलाई चिन्दैन ।
– खेल्न घर बाहिर निस्किएका बालबालिकालाई चिन्दैन ।
– आफन्त, छिमेकी तथा नजिकका मित्रलाई पनि चिन्दैन ।
– ठूलो मान्छे र भुँइमान्छेलाई चिन्दैन ।
– पावर भएका, पहुँच भएका तथा भिआइपीलाई चिन्दैन ।
– प्रहरीले नदेखेको ठाउँमा पनि कोरोनाले देखेको हुन्छ ।
– अस्पताल प्याक भएको थाहा पाउंदैन ।
– अक्सिजनको अभाव थाहा पाउंदैन ।

………

– कोरोना भाइरसले कसैलाई सामान्य बिरामी बनाउँछ ।
– कसैलाई गम्भीर बनाउँछ ।
– कसैलाई प्लास्टिकमा प्याक गराउँछ ।

तर
कसलाई के गर्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन ।


…….
तसर्थ
– सकभर घरभित्र बसौं ।
– भेटघाट बन्द गरौँ ।
– मापदण्ड पालना गरौँ ।

…….

यी कुरा ब्यबहारमा लागु गरेपछि …

– कुनै चिन्ता लिनुपर्दैन ।
– आत्तिनु पर्दैन ।
– डर मान्नु पर्दैन ।
(कोभिड–१९ को सङ्क्रमणबाट बच्ने तथा सङ्क्रमणपछि पनि सहज रुपमा अगाडि बढ्नेसम्बन्धी टिप्सहरु डा. पाण्डेको फेसबुक वालबाट साभार)

प्रतिक्रिया दिनुहोस्