गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख बर्खास्त, नयाँ नियुक्ति



फिदिम । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई बर्खास्त गरेकी छिन् ।

गण्डकी प्रदेशमा सीता पौडेल प्रदेश प्रमुख नियुक्त भएकी छिन् । सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बर्खास्ती र नयाँ नियुक्ति गरेकी हुन् । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले पौडेल र यादवको नाम सिफारिस गरेको थियो ।

गण्डकी र सुदूर पश्चिममा माओवादी निकट प्रदेश प्रमुखहरु रहेकोमा उनीहरुलाई हटाएर एमाले निकटलाई ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्