मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु



फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडामा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

शुक्रवार दिउँसो साँढे ३ बजे पौवाभञ्याङबाट इलामतर्फ जाँदै गरेको बा ८५ प २२८० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रीत भई सडकबाट करीव ५० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकलका चालक इलामको फाकफोकथुम गाउँपालिका–३ का १८ बर्षीय किरण राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्