२४ घण्टामा ४ हजार ९२८ काेराेना संक्रमित थपिए, ३५ जनाकाे मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पिसीआर विधिबाट परीक्षण गरिएका ४ हजार ८ सय ३१ र एन्टिजेन परीक्षण गरिएका९७ गरी कुल ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

योसँगै कुल संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आजै ८ सय ८८ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा २ लाख ८० हजार १ सय ६७ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने ८८.२ प्रतिशत पुगेको छ। हिजाे निकाे हुने दर ८९.३ रहेकाे थियाे ।

हालसम्म ३४ हजार १ सय १७ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने दर ५९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा  आरटी पिसिआर विधिबाट १२ हजार ५ सय ९७ जना र एन्टीजेन विधिबाट ९ सय ६३ गरी कुल १३ हजार ५ सय ६० जनाको काेराेना परीक्षण गरिएको छ। यो सँगै नेपालमा काेराेना परीक्षण हुनेको संख्या २४ लाख ५८ हजार ५ सय ६५ जना पुगेको छ।

गत २४ घण्टामा २६ जना कोरोना संक्रमितकाे मृत्यु भएका छ। अन्य संघ–संस्थाबाट प्राप्त ९ जना मृतककाे संख्या समायाेजन मृतककाे संख्यामा ३५ पुगेकाे छ।  मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेकाे संख्या कुल ३ हजार २ सय ४६  जना पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्