चट्याङले लागेर आठराईमा एक जनाको मृत्यु



फिदिम । तेह्रथुमको आठराई गाउँपालिका–४ कालिपाका ४६ बर्षीय लोकमान गुरुङको चट्याङले लागेर मृत्यु भएको छ ।

बुधवार बेलुका सवा ६ बजे आफ्नै घरको बरण्डामा बसिरहेको अबस्थामा पानीसँगै परेको चट्याङले लागेर गुरुङ घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्