त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित



फिदिम । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परिषद् बोर्डको सोमबार बसेको बैठकले विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

बढ्दो कोभिड–१९ (कोरोना भाइरस) का कारण मंगलबारदेखि सबै तहका परीक्षा स्थगित गरिएको विश्वविद्यालयका रजिष्टार पेशल दाहालले जानकारी दिए । अहिले चलिरेका र आगामी परीक्षा मिति तोकिएका परीक्षाहरु पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उनले बताए ।

यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सिसिएमसीको बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको भएपनि त्रिभुवन विश्वविद्यालयले भने परीक्षा स्थगित गरेको थिएन । सोमबार पनि त्रिविका परीक्षाहरु जारी थिए ।

प्रतिक्रिया दिनुहोस्