सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु



झापा, १२ वैशाक ।

झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ ।

शनिबार करीब ४ः३० बजे कमल गाउँपालिका–४ सितापुरी चौकमा प्र १–०१–०१२ प १६०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका सोही स्थानका ६ बर्षीय बालक निश्चल खड्काको लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको छ ।

त्यस्तै बिर्तामोड–२ रामचौकमा पूर्वपश्चिम राजमार्गमा मे १० प ५५२० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक अर्जुनधारा–९ का ३० बर्षीय सुमन थापा र पछाडी सवार अर्जुनधारा–७ की २७ बर्षीया सुसना राई घाइते भएकामा बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा घाइते सुसनाको मृत्यु भएको र मोटरसाइकल चालक सुमन सोही अस्पतालमा उपचारका क्रममा रहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्