नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि, नेरदल्याण्ड्समाथि कीर्तिमानी जित



फिदिम । नेपालले नेरदल्याण्ड्समाथि १४२ रनको कीर्तिमानी जितसँगै त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेरदल्याण्ड्सले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले विपक्षी टिमलाई दिएको यो कीर्तिमानी लक्ष्य दिइको हो।

यस अघि टी–२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक रन २ सय ३६ रहेको थियो। नेपालमा आयोजना भएको १३ औं सागमा भुटानविरुद्ध नेपालले २ सय ३६ रन जोडेको थियो ।

आजको फाइनल खेलमा नेदरल्यान्ड्सका कप्तान पिटर शिलारले कप्तानले टस जितेर पहिला गर्ने निर्णय लिएका थिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनायो। नेपालको उच्च स्कोरका कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले।

नेदरल्याण्ड्सका लागि सेबास्टिएन ब्राटले अविजित रहँदै सर्वाधिक २६ रन बनाए । यस्तै, म्याक्स ओ डोले २० र कप्तान पिटर सिलारले १३ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दोस्रो ओभरमै ओपनर टोबियस भिसेलाई आसिफ शेखले डिरेक्ट हिटमार्फत रनआउट गरे। चौथो ओभरको अन्तिम बलमा बेन कुपरलाई कप्तान ज्ञानेन्द्र मल्ले उत्कृष्ट क्याच गर्दै आउट गरे। पाँचौ ओभरको पाँचौं बलमा एक रन बनाएका डच बास डेलाई लिड पोइन्टमा रहेका कुशल भुर्तेलले डिरेक्ट हिटमा रनआउट गररे ।

छैटौं ओभरको चौथो बलमा करण केसीले नेदरल्याण्ड्सका ओपनर म्याक्स ओ डोडलाई बोल्ड गरे। करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान २–२ विकेट लिँदा अविनाश बोहोराका नाममा एक विकेट लिन सफल भए ।

नेपाल र नेदरल्यान्ड्सबीच ८ टि२० आई खेल भएको छ। नेदरल्यान्ड्स ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको थियो। एक खेल वर्षाको कारण रद्ध भयो । डबल राउन्ड रोविनको आधारमा भएको त्रिकोणात्मक सिरिजमा नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्ष स्थानमा रहेको थियो ।

त्यस्तै, नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीका साथ ५ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो। अर्को टोली मलेसिया भने ४ खेलमा एक अंक जोड्दै पुछारमा रहँदै बाहिरिएको हो ।

नेपालले नेदरल्यान्ड्सलाई पहिलो खेलमा ९ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो। तीन विकेटले पराजित हुनेक्रममा २ सय ६ रन बनाएपनि नेदरल्यान्ड्सले तीन बल अगाडि ७ विकेटको क्षतिमा पूरा गर्दै सानदार जित निकालेको थियो ।

नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो। नेपालले पछिल्लो समय टियु मैदानमा सन् २०१० मा अमेरिकालाई हराउँदै आइसिसी डिभिजन ५ को उपाधि जितेको थियो। नेपालले पछिल्लो पटक सिरिज सन् २०१९ को जुलाईमा मलेसियासँग दुई टि–२० खेलमा क्लिनस्विप गरेको थियो ।

सन् २०१९ को सुरुवातमै यूएईसँग तीन ओडिआई तथा टि–२० आई सिरिज समान २–१ ले जितेको थियो। नेपालले हालसम्म त्रिकोणात्मक सिरिज भने जितेको छैन । पहिलो त्रिकोणात्मक सिरिज जित्ने सोचमा छ ।

नेपालको प्लेइङ ११ टोलीः ज्ञानेन्द्र मल्ल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने र कमलसिंह ऐरी ।

नेदरल्यान्ड्सको प्लेइङ ११ टोलीः पिटार सीलार (कप्तान), बेन कुपर, टोबियस भिसे, म्याक्स ओडिवड, बास डी लिड, स्कर्ट एडवार्डस, फिलिपे बोइससेवेन, पल भान मीकेरन, भिभिन किंगमा, सेबस्टियान ब्राट र एन्टोनियस स्टाल ।

प्रतिक्रिया दिनुहोस्