कोरोना अपडेटः २६१९ सङ्क्रमित थपिए, १६ हजार बढी सक्रिय र १४ जनाको मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पिसीआर विधिबाट परीक्षण गरिएका २ हजार ४ सय ८६ र एन्टिजेन परीक्षण गरिएका १ सय ३३ गरी २ हजार ६ सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ३ सय ६८ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा २ लाख ७७ हजार १ सय २३ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने ९३.३ प्रतिशत पुगेको छ।

हालसम्म १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ७१ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा आरटी पिसिआर विधिबाट ७ हजार ५ सय २५ जना र एन्टीजेन विधिबाट १ हजार १ सय ४३ गरी ८ हजार ६ सय ६८ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २३ लाख ९५ हजार ७ सय २५ जना पुगेको छ।

गत २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएका छ। अन्य संस्थाबाट प्राप्त मृतकको संख्या समायोजन गर्दा ६ जनासहित मृतकको संख्यामा १४ जना थपिएका छन्। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ३ हजार १ सय ३६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्