
इलाम, ९ वैशाक ।
इलामको सूर्योदय नगरपालिका–९ गैरीगाउँमा रहेको ग्रामीण चिया उद्योग प्रा.लि.मा आज बिहान साढे ५ बजे आगलागी हुँदा स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जलेको छ ।
उक्त आगलागीमा बोरामा रहेको करीब रु. १० लाख मूल्य बराबर चिया जलेर नष्ट भएको हो । उक्त फ्याक्ट्रीका कामदारहरुले फ्याक्ट्री नजिकै चिया पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उक्त आगो प्रहरी र स्थानीयवासीले विहान ६ बजे नियन्त्रणमा लिएका थिए । आगलागीबाट अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।