बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ



सुनसरी, ९ वैशाक ।

सुनसरीको बराहक्षेत्र–९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।

बैशाख ७ गते उनले घरयासी बिबाद हुँदा घरमा रहेको तपेश भाडाले आफ्नै बुबा ३८ बर्षीय उपेन्द्र पौडेललाई कोखामा हानी घाइते बनाएको र घाइते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनको मृत्यु पश्चात उमेशलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्