ट्रकको ठक्करबाट महिलाको मृत्यु



झापा, ९ वैशाक ।

झापाको भद्रपुर नगरपालिका–९ चन्द्रगढी सामुदायीक बन कार्यालय अगाडी सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान कि ७५ बर्षीया गायत्रीदेवी प्याकुरेल रहेकी छन् । आज बिहान साढे ९ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे १ क २६७ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको मे १ ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार गायत्री देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक, सिटी, सिटी चालक नियन्त्रणमा रहेको र ट्रक चालक फरार रहेकोले खोजी भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्