
मोरङ, ९ वैशाक ।
मोरङको कानेपोखरी–२ दलेली की ४३ बर्षीय सुकवती राजवंशीको चट्याङले लागेर मृत्यु भएको छ ।
आज बिहान साढे ८ बजे पानी परेपछि घर नजिकै रहेका गाइवस्तु सार्न जाने क्रममा चट्याङले लागेर राजवंशी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएकामा अस्पताल पुर्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।