ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



झापा, ८ वैशाक ।

झापा मेचीनगर नगरपालिका–१३ चारआली चौक स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हिजो बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउदै गरेको मे १ ख८११ नम्बरको ट्रकले ठक्कर दिई दुर्घटना भएको थियो । सो दुर्घटनाबाट मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे नगरपालिका ९ का २१ बर्षीय प्रवेश बयलकोटी घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोही मोटरसाईकल पछाडी सवार सोही स्थानका सागर लिम्बू समेत सामान्य घाइते भई मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको सो कार्यालयले जनाएको छ । ट्रक र चालक झापा अर्जुनधारा–२ का ५६ बर्षीय सुमन दनुवार प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्