१ हजार ७३६ कोरोना संक्रमित थपिए



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पिसीआर विधिबाट परीक्षण गरिएका एक हजार ६ सय ६७ र एन्टिजेन परीक्षण गरिएका ६९ गरी एक हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। आजै २ सय ५१ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा २ लाख ७५ हजार ८ सय ६ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने ९५.९ प्रतिशत पुगेको छ।

हालसम्म ८ हजार ६ जना ५९ सक्रिय संक्रमित आइसोलेसनमा छन् भने ९२ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा आरटी पिसिआर विधिबाट ८ हजार ५५ जना एन्टीजेन विधिबाट ६ सय ८३ गरी ८ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २३ लाख ६० हजार ५ सय ५७ जना पुगेको छ।

गत २४ घण्टामा ३ जना कोरोना संक्रमित र मृतकको संख्या समायोजन गर्दा अन्य ८ जनासहित ११ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ३ हजार १ सय २ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्