बेड र उपचार पाउने सुनिश्‍चितता भएमात्रै बिरामी रिफर गर्नूः स्वास्थ्य मन्त्रालय



फिदिम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण अस्पताललाई बेडको उपलब्धता र उपचार पाउने सुनिश्‍चितता बुझेर मात्र बिरामीलाई अन्य अस्पताल रिफर गर्न निर्देशन दिएको छ ।

मंगलबार मन्त्रालयले विज्ञप्ती जारी गर्दै सम्पूर्ण अस्पताललाई सम्पूर्ण अस्पताललाई बेडको उपलब्धता र उपचार पाउने सुनिश्‍चितता बुझेर मात्र बिरामीलाई अन्य अस्पताल रिफर गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले कोभिड–१९ को बढ्दो संक्रमणसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणमा पर्न गएको कठिनाइ प्रति गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्