नेपालका ओपनर कुशल भुर्तेलले बनाए विश्व किर्तिमान !



फिदिम । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाउँदै विश्व किर्तिमान बनाएका छन् ।

कुशलले डेब्यु खेलपछि लगातार तीन टी-२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् । आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले अर्धशतक बनाएसंगै यो किर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका हुन् । उनले ४१ बलमा अर्धशतक बनाएका हुन् । उनले ६ चौका र १ चौकाको सहयोगमा आफ्नो अर्धशतक बनाए ।

डेब्यु खेलपछि कुशलले लगातार तीन खेलमा अर्धशतक बनाएका हुन् । उनले नेदरल्यान्ड्स विरुद्धको पहिलो खेलमा ६२ रन बनाएका थिए । यस्तै मलेसियाविरुद्ध कुशलले अविजित रहदै ६१ रनको इनिङ्स खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्