जीप दुर्घटना हुँदा चालकको मृत्यु



तेह्रथुम, ६ वैशाक ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–७ लाप्छायाङ टोलमा जीप अनियन्त्रित भई भीरबाट खस्दा चालकको मृत्यु भएको छ ।

गत राती साढे ९ बजे म्याङलुङबाट मोराहाङतर्फ जाँदै गरेको को १ ज ३४०९ नम्बरको को जीप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा जीप चालक तेह्रथुम मेन्छ्यायेम गाउँपालिका–५ का ४६ बर्षीय कृष्ण खापुङ गम्भीर घाइते भएका थिए ।

घाइते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । जीपमा अन्य कोही पनि सवार नभएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्