
झापा, ५ वैशाक ।
झापाको बुद्धशान्ति गाउँपालिका–४ देविबस्ती बस्ने ज्योति विमलीको बाख्रा फर्ममा आगोलागी हुँदा ४० वटा बाख्रा जलेर मरेका छन् ।
शनिवार राती साढे १२ बजे लागेको आगोले बिमलीको इटा, काठ र टिनको छानो भएको एक तले बाख्रा फर्म, फर्ममा रहेका ४० वटा बाख्रा, बाख्रालाई खुवाउने दाना जली नष्ट हुँदा अन्दाजी ६५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
उक्त आगो दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान पौने ३ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीको कारण भने खुल्न नसकेको सो कार्यालयले जनाएको छ ।