दुर्घटनामा दुई जनाको मृत्यु



फिदिम । मोरङ र सुनसरीमा भएका छुट्टा–छुट्टै सवारी दुर्घटनाका घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

शनिवार राती पौने ८ बजे सुनसरी इटहरी–६ पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको ना ५ ख ११११ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको को ३३ प ३२४० नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी–८ का ४२ बर्षीय वीरेन्द्र चौधरी गम्भिर घाइते भएका थिए ।

उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको छ । बस र चालक इटहरी–१२ खनारका सन्तोष विकलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै आइतवार बिहान ६ बजे मोरङ धनपालथान गाँउपालिका–४ भलुवा चौकमा पश्चिमतर्फ जाँदै गरेको को २७ प ६४५९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक रंगेली नगरपालिका–२ का २३ बर्षीय भोला शर्मा र पछाडी सवार सोही स्थानका २२ बर्षीय कासमिक मुर्मु गम्भीर घाइते भई कोशी अस्पताल विराटनगरमा उपचार भइरहेकामा उपचारका क्रममा चालक शर्माको विहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्