ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



मोरङ, ५ वैशाक ।

मोरङ बुढीगंगा गाउँपालिका–४ नेमुवा चौक स्थित कोशीराजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आइतवार बिहान सव १० बजे उत्तरतर्फ जाँदै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले को ९ प २६८१ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाईकल चालक बिराटनगर महानगरपालिका–१४ जतुवाका ४५ बर्षीय अन्जनि सिंह गम्भीर घाइते भएका थिए ।

घाइते सिंहको बिराट मेडिकल कलेज गंगाचौकमा उपचारको क्रममा बिहान पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्रक र चालक बारा निजगड कोल्बी नगरपालिका–२ का भीम बहादुर बिक प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्