एकैदिन १ हजार ९६ कोरोना संक्रमित थपिए



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पिसीआर विधिबाट परीक्षण गरिएका एक हजार १५ र एन्टिजेन परीक्षण गरिएका ८१ गरी एक हजार ९६जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। आजै २ सय ६२ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा २ लाख ७५ हजार ३ सय जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने ९६.७ प्रतिशत पुगेको छ।

हालसम्म ६ हजार २ जना ९० सक्रिय संक्रमित आइसोलेसनमा छन् भने ८५ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा आरटी पिसिआर विधिबाट ५ हजार ८४ जना एन्टीजेन विधिबाट ६ सय ९९ गरी ५ हजार ७ सय ८३ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २३ लाख ४५ हजार ५ सय ४ सय १ जना पुगेको छ।

गत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकको संख्या समायोजन गर्दा अन्य ४ जना मृतकको संख्यामा थप भएको छ। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल तीन हजार ८३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्