लाओती सयङको महाधिवेशन वैशाक १३ देखि लुम्फाबुङमा



फिदिम । पापोहाङ लाओती सयङको पाचौँ महाधिवेशन यहि वैशाक १३ गतेदेखि पाँचथरको फिदिम नगरपालिका–९ लुम्फाबुङमा हुने भएको छ ।

सयङको पाचौँ महाधिवेशन तयारी केन्द्रीय समितिले आज फिदिममा पत्रकार भेटघाटको आयोजना गरी महाधिवेशनबारे जानकारी दिएको हो । महाधिवेशनको पहिलो दिन पापोहाङ लाओतीको १२ फिट उचाईको चोलुङ (स्तम्भ) स्थापना हुनेछ । सोही दिन पापोहाङ लाओतीको प?ङलुङ र प?लुङ स्थापना तथा सम्मान कार्यक्रम हुने पत्रकार भेटघाटमा वितरित विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशनमा लाओतीहरुको पहिलो पटक तयार पारिएको वंशावली लोकापर्ण गरिने आयोजकले जनाएको छ । वैशाक १४ गते नयाँ कार्यसमिति गठन, नयाँ कार्यसमितिको सफत ग्रहण र घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको सयङको पाचौँ महाधिवेशन तयारी समितिका संयोजक विजयबोध लाओतीले जानकारी दिनुभयो ।

महाधिवेशनको अवसर पारेर सयङले केलाङ (च्याब्रुङ नाच) तथा यालाङ (धान नाच) प्रतियोगिता आयोजना गरेको छ । दुवै प्रतियोगितामा उत्कृष्ट हुनेलाई रु. १५ हजार राशीको पुरस्कार वितरण गरिने भएको छ ।

यस्तै लिम्बू भाषा लिपीको कविता प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुनेले क्रमशः रु. पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार प्राप्त गर्ने भएका छन् ।

सयङ लाओती वन्धुहरुको संस्था हो । २०५१ सालमा स्थापित यो संस्थाले समुदायको हितका अतिरिक्त सामाजिक कार्य समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्