ट्र्याक्टरबाट खसेर सह–चालकको मृत्यु



फिदिम । पाँचथरको याङवरक गाउँपालिकामा बुधवार बेलुकी ट्र्याक्टरबाट खसेर घाइते भएका सह–चालकको सोही रात उपचारका क्रममा मृत्यु भएको छ ।

बुधवार साँझ साढे ६ बजे याङवरक–१ सुकेधामबाट च्याङथापू बजारतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ त ८९६७ नम्बर ट्र्याक्टरबाट सह–चालक पाँचथरको फाल्गुनन्द गाँउपालिका–४ चिलिङदिनका २८ बर्षीय रोशन चेम्जोङ खसेका थिए । घटनापछि उपचारका लागि फिदिम ल्याइएकामा उनको उपचारका क्रममा बुधवार राती १० बजे पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

घटनापछि ट्र्याक्टर र ट्र्याक्टर चालक कुम्मायक–३ का काली बहादुर तामाङ नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्