मृतकको स्मृतिमा अक्षयकोष स्थापना



फिदिम । पाँचथरको याङवरक गाउँपालिका–३ ओयामका योङ्या परिवारले दिवङ्गत आफन्त इश्वर योङ्याको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् ।

मृतक इश्वरकी श्रीमती प्रिया योङ्या सहित उनको परिवारले स्थानीय धर्मभक्त आधारभुत विद्यालयमा एक लाख ११ हजार रुपैँया राशीको ‘इश्वर योङ्या स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् । स्मृति सभाको आयोजना गरी श्रीमती प्रियाले बिद्यालयका प्रधानाध्यापक कृष्णकुमार योङ्यालाई अक्षयकोषका लागि रकम हस्तान्तरण गरेकी हुन् ।

बिद्यालयको शैक्षिक उन्नतिका लागि आफूहरुले अक्षयकोष स्थापना गरेको परिवाले जनाएको छ । नेपाली काँग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङको प्रमुख आतिथ्यतामा आयोजित स्मृति सभा मृतक इश्वरका जेठा दाजु निशाकर योङ्याको अध्यक्षतामा सम्पन्न भएको हो । स्मृति सभालाई सम्बोधन गर्ने वक्ताहरुले दिवङ्गत इश्वरले समाज विकासका लागि पुर्‍याएको योगदानको बिषयमा चर्चा गरेका गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्