सेवा निवृत्त राष्ट्रसेवक समाजमा भण्डारी



फिदिम । सेवा निवृत्त राष्ट्रसेवक समाज पाँचथरको चौथो अधिवेशनले पुष्पप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

निर्वाचन समितिका संयोजक रामप्रकाश समथिङका अनुसार शनिवार सम्पन्न अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा हेमप्रकाश सुवेदी, सचिवमा निर्मलकुमार श्रेष्ठ, सहसचिवमा नरहरी ढकाल र कोषाध्यक्षमा शान्तादेवी गौतम चुनिनु भएको छ । यस्तै कार्यसमितिका सदस्यहरुमा कृष्णप्रसाद खनाल, राधाकृष्ण खनाल, पदमबहादुर सोङ्मी, गोपालप्रसाद राई र जीतबहादुर तुम्बापो चयन हुनुभएको छ ।

यस्तै समाजको केन्द्रीय प्रतिनिधिहरुमा राजेन्द्रकुमार जबेगू र देउमान कन्दङ्वा तथा प्रदेश प्रतिनिधिमा लक्ष्मीप्रसाद भण्डारी चयन हुनुभएको छ । समाजको श्रीप्रसाद आङदेम्बे संयोजक तथा प्रभा जोशी र रामचन्द्र नेपाल सदस्य रहेको लेखा समिति समेत गठन भएको संयोजक समथिङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्