विद्यालयसहित भिडभाड हुने सबै क्षेत्र बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस



फिदिम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०लाई सिफारिस गरेको छ ।

नेपालमा संक्रमणको दोस्रो लहरको संकेत देखिन थालेपछि मन्त्रालयले विद्यालय लगायत भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सीसीएमसीलाई आज सिफारिस गरेको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय भारतमा संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएसँगै नेपालमा संक्रमणको दोस्रो लहरको संकेत देखिन थालेपछि विद्यालयलगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सीसीएमसीलाई सिफारिस गरेको हो ।

मन्त्रालयका अनुसार भिडभाड हुने स्थानहरुमा रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस र विद्यालय लगायतका क्षेत्र रहेका छन् ।

स्कुले बालबालिकाहरूमा समेत कोरोना भाइरसका नयाँ भेरिएन्ट देखिएको मन्त्रालयको भनाइ छ। केही समय अघिदेखि विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमै पठनपाठन सञ्चालन गर्दै आएको छन्। मन्त्रालयले शैक्षिक संस्थालाई भर्चुअल माध्यमबाट सञ्चालन गर्न समेत आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्