थप १५२ जनामा कोरोना संक्रमण पुष्टि



फिदिम । पछिल्लो २४ घन्टाको अवधिमा १ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ४ हजार २ सय १३ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल १ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका १ सय ५२ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ । यीमध्ये १ हजार ५ सय ७९ सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा ७३, ललितपुरमा ८ र भक्तपुरमा ५ गरी काठमाडौं उपत्यकामा मात्रै ८६ जना संक्रमित थपिएका छन् । देशभर थप ६५ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ६५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७२ हजार ८ सय ५१ जना पुगेको छ । निको हुने दर ९८.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा थप एक जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्