करेन्ट लागेर एक युवकको मृत्यु



पाँचथर, १९ चैत

करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

पाँचथरको फिदिम नगरपालिका–१२ भोटेगाउँका १९ वर्षीय राजु ढुङ्गानाको करेन्ट लागेर मृत्यु भएको हो । आज विहान घर नजिकैको विद्युतको पुरानो ट्रान्समिटर निकालेर नयाँ जडान गर्ने क्रममा ढुङ्गानालाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि फिदिम स्थित समर्पित अस्पताल भर्ना गरिएकामा दिउँसो चिकित्सकहरुले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्