एमाले–माओवादी ब्युँताउने फैसलामा पुनरावलोकन अस्वीकार



फिदिम । सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता बदर गर्ने यसअघिको आदेशमा पुनरावलोकन गर्न अस्वीकार गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्दामा पुनरावलोकन नहुने आदेश दिइएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशद्धय तेजवहादुर केसी र प्रकाश ढुंगाना पूर्ण इजलासले बिहिबार पुनरावलोकन नगर्ने आदेश दिएको हो ।

नेकपा आफ्नो पार्टीको नाम भएको भन्दै ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई एकीकरण पूर्वको अवस्थामा फर्काइदिने फैसला गरेको थियो।

नामको विवाद भए नाम फेर्न मौका दिनु पर्नेमा एकीकरण नै उल्ट्याउने फैसला अन्यायपूर्ण, संविधान र नजिरविपरीत भएको भन्दै दाहालले पुनरावलोकन हुनु पर्ने जिकिर गर्नुभएको थियो । नेकपा फुटाएर एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा आठ प्रश्न उठाउँदै दाहालले पुनरावलोकनको माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्