जिप दुर्घटना हुँदा चालकको मृत्यु



पाँचथर, १८ चैत

पाँचथरको याङवरक गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज विहान याङवरक गाँउपालिका–१, च्याङथापू जादै गरेको मे १ ज ३५६ नम्बरको सफारी जिप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका–२ पल्लोटारका अन्दाजी ३५ वर्षीय फूलकुमार राईको मृत्यु भएको हो ।

सडकबाट करीब २०० मिटर तल झरेर जिप दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका सवारी चालक राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा उनको मृत्यु भइसकेको चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका फिदिम–२ कै २२ वर्षीय आशिष राईलाई अस्पतालले थप उपचारका लागि झापा रिफर गरेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्