प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, चार नयाँ मन्त्री थपिए



फिदिम । प्रदेश नं. १ को मन्त्रिपरिषद् विस्तार भएको छ ।

मुख्यमन्त्री शेरधन राईले आज आफ्नो मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मन्त्रिपरिषद चार नयाँ मन्त्री थपिएका छन् ।

दुई जनालाई राज्यमन्त्रीबाट फूलमन्त्रीमा बढुवा गरिएको छ । प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच नवनियुक्त ६ जना मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री शेरधन राईले तेस्रो पटक मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । कृषि राज्यमन्त्री रामबहादुर राना मगर र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले फूल मन्त्रीको रुपमा सपथ लिएका छन् ।

नयाँ मन्त्रीको रुपमा टंक आङबुहाङ आर्थिक मामिला तथा योजना मन्त्री, उषाकला राई सामाजिक विकास मन्त्री तथा कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको शपथ लिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्