सन्देश सुब्बाको गजल कृति ‘सम्झनाको आँधी’ विमोचित



फिदिम । पत्रकार एवं कवि सन्देश सुब्बाको गजल कृति ‘सम्झनाको आँधी’ विमोचन गरिएको छ।

गजलकार ललितजंग रावल, लिम्बुवान अगुवा अभियन्ता वीर नेम्वाङ, पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगू, कवि बिमला तुम्खेवा, लेखक प्रकाश आङ्देम्बे र शकुन्तला जोशीले मंगलबार चुम्लुङ हिम ललितपुरमा संयुक्त रूपमा कृति विमोचन गरेका छन्।

कृतिको विमोचन कार्यक्रममा बोल्दै बरिष्ठ गजलकार रावलले सम्झनाको आँधी भित्र समाबेश गजलहरु संरचनात्मक, भाव सम्प्रेषण र वैचारिक दृष्टिकोणले शसक्त रहेको बताए ।

शक्तिशाली भाव अभिव्यक्त गर्ने सुब्बाले सङ्ग्रहमा ६१ वटा गजल समावेश गरेका छन्। उनको यसअघि ‘आगोको सौन्दर्य’ कविता संग्रह प्रकाशन भएको छ।

प्रतिक्रिया दिनुहोस्