भारतबाट कैलाली प्रवेश गरेका ११ जनामा कोरोना पुष्टि



धनगढी । गौरीफन्टा नाका हुँदै भारतबाट कैलाली प्रवेश गरेका ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो एक साता यता गौरीफन्टा नाका भएर कैलाली प्रवेश गरेका ११ जनामा सङ्क्रमण पुष्टि भएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए । सङ्क्रमण बढ्न थालेपछि अहिले सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणको मात्रा पनि बढेको छ ।

मङ्गलवार मात्र ३१ जनाको कोरोना परीक्षण गरिएको छ । केही दिनअघिसम्म दैनिक १५ देखि २० जनासम्म परीक्षण भइरहेको थियो । नेपालबाट रोजगारीका लागि भारत पलायन भएकाहरू कोरोनाका सङ्क्रमण र लकडाउनका कारण पुन नेपाल फर्किन थालेका छन् ।

गौरीफन्टा नाकामा स्थापना गरिएको कोभिड–१९ परामर्श तथा परीक्षणमा खटिएका गणेश साउदले पछिल्लो केही दिनयता नेपाल फर्किनेहरूको सङ्ख्या ह्वात्तै बढेको बताए । धनगढी उपमहानगरपालिकाले भारतबाट आउनेलाई १० दिन सम्म क्वारेनटिनमा राखेर घर पठाउने विषयमा छलफल थालेको छ ।

“हामीले १० दिन सम्म यहाँ राखेर पठाउने विषयमा छलफल थालेका छौँ”, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले भने, “तर अहिले सम्म त्यसो गरेका भने छैनौँ ।

प्रतिक्रिया दिनुहोस्