

पाँचथर, ११ चैत
पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो कुम्मायक गाउँपालिकाको यासोकबाट झापाको दमकतर्फ जाँदै गरेको मे १ ज ४१६ नम्बरको ट्याक्सी ब्रेकफेल भई फाल्गुनन्द गाउँपालिका–५ सुलुम्फीमा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पाका २२ वर्षीय पदमकुमार लिम्बूलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल फिदिम ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा सवार अन्य यात्रुहरुको अवस्था सामान्य रहेको उक्त कार्यालयले जनाएको छ ।