एमालेको भेला स्थगित



मोरङ । सत्तारुढ नेकपा एमालेले विराटनगरमा शुक्रबार हुने अगुवा कार्यकर्ता भेला स्थगित गरेको छ।

भारतमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेका बेला विराटनगरमा हुने अगुवा कार्यकर्ता भेला स्थगित गरिएको प्रदेश नं. १ कमिटी सचिव विनोद ढकालले जानकारी दिए ।

भेलाको प्रमुख अतिथि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली थिए । कोभिडको सम्भावित दोस्रो लहरको जोखिमलाई ख्याल गर्दै भेला रोकिएको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्